अर्थ

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासङ्घले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ । महासङ्घका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *