अर्थ

भारतको प्रतिबन्धपछि चीनबाट प्याज आयात

काठमाडौं । भारतले प्याजमा लगाएको प्रतिबन्धले नेपालमा प्याजको अभाव बढेपछि अभाव पूर्तिका लागि चीनबाट ब्यापारीहरुले व्याज आयात गर्न थालेका छन् । भारतले गत मंशिर २१ गतेदेखि प्याज निर्यातमा रोक लगाएको थियो ।

नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका अनुसार नेपालमा प्याजको आपूर्तीका लागि भारतले प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आयात गर्न थालेको हो । संघका महासचिव प्रकाश गजुरेलले चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको जानकारी दिए । तातो पानी भन्सार कार्यालयले पनि चीनबाट नेपाललले प्याज आयात थालेको पुष्टि गरेको हो । तातो पानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयनन्द केसीले आजै मात्रै प्याज बोकेको २ वटा कन्टेनर नेपालतर्फ प्रवेश गरेको जानकारी दिए ।

तातो पानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयानन्द केसीका अनुसार ‘भन्सार जाँच पास हुन बाँकी छ । अहिले चीनबाट कति प्याज नेपाल आइरहेको छ भन्ने कुरा एकिन नभएको उनको भनाइ छ । चीनबाट १०० टन प्याज आयात सुरु भएको जनाइएको छ । भारतको बजारमा भन्दा चिनियाँ प्याज ठूला आकारको भएको उनले बताए।

चीनबाट प्याजको आयात सुरु हुने बित्तिक्कै अहिले बजारमा देखिएको प्याजको महँगी नियन्त्रण हुने व्यवसायीहरुको दाबी छ । भारतको प्रतिबन्ध पछि बजारमा प्याजको हाहाकार भएर मूल्य दोब्बर भएको थियो । यस अघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २ सय रुपैयाँ पुगेको थियो । भन्सार जाँचपास प्रक्रिायामा रहेको केही प्याज आयात भएका कारण अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १४० रुपैयाँ थोकमा बिक्री भइरहेको बजार बिकास समितिले जनाएको छ । उक्त प्याजको खुद्रा बजार मूल्य १७० सम्म रहेको छ ।

सरकारले कृषकहरुलाई प्रोत्साहन गर्न नसकेपछि अहिले अरुको भरमा बाच्नुपर्ने अवस्था सिर्जना भएको छ । भारतले प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आयात गर्दा खुशी व्यक्त गर्नुपरेको छ । अहिले शहरदेखी ग्रामीण वस्तीसम्म पिच रोड भइदिएको भए टाढा–टाढाबाट ल्याएर भएपनि स्थानीय बजारमा
बस्तु तथा सेवाको अभाव हुँदैन थियो । ग्रामिणक्षेत्रमा कृषकले उत्पादन गरेका सामाग्रीहरु अहिले बजारसम्म पुग्न सकेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *