अर्थ

नेप्से २७ अंकले बढ्यो, पाँच अर्बमाथिको कारोबार

काठमाडौं । आइतबार नेप्से २७.७५ अंकले बढेर बजार २०२२.३५ बिन्दुमा पुगेको छ। १८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ। ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि लामो समय ओरालो लागेको बजार उचालिएको हो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार उचालिएको हो।

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले १९०० वरपर घुमेर बसिरहेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुनः उचाइतर्फको संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *