अर्थ

एनआईसी एसिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएको छ । दुवै कम्पनीले संयुक्त अरब इमिरेट्समा रहँदै आएका नेपालीलाई रेमिट्यान्स पठाउन सहज बनाउन व्यावसायिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

युएईमा रहेको कम्पनीका २५० भन्दा बढी शाखा कार्यालय तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने विश्वासले साझेदारी गरेको जनाइएको छ ।

अब एआई अनसरी एक्सचेन्जबाट एनआइसी बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ ।

एआई अनसरी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम एनआईसी बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *