अर्थ

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस अघि शुक्रवार प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *