अर्थ

हिमालयन रिइन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

रिइन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीहरूका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *