अर्थ

सेयर बजारको उत्साहः दोहोरो अंकले घट्दा कारोबार चार अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार पुन ओरालो लागेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार पुन ओरालो लागेको हो ।

सोमबार १५.४० अंकले ओरालो लागेको सेयर बजार १९४८.५७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १५७ कम्पनीको ओरालो लागेको छ भने ३ वटाको सेयर मूल्य स्थिर रहेको छ ।

आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार फेरि ओरालो लागेको हो । तर, कारोबार रकममा भने वृद्धि भएको छ ।

लामो समयपछि आइतबार सेयर बजारमा उछाल आएको थियो । आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो । यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *