अर्थ

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौँ।साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा पुगेर अडिएको छ ।

यो सेसनमा १७६ कम्पनीका ७०२ पटक भएको कारोबारमा ८५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १५६ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *