काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११.७३ अंकले वृद्धि भएको सेयर बजार १८५२.७७ विन्दुमा बन्द भएको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबारको बजारमा एक अर्ब ६५ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार बढेर २ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।
यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच भएको छ । १७५ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ५७ कम्पनीको ओरालो लागेको छ भने आठवटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
टप गेनरको शीर्ष स्थानमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था छ, जसको सेयर मूल्य ७।८१ प्रतिशतले घटेर प्रतिकित्ता ७९१ रुपैयाँमा झरेको छ ।




