काठमाडौँ । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट आर्थिक वर्ष २०७८/०७९ बैंक तथा वित्तीय संस्थाबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा नेचुरल सहकारी सम्मानित भएको हो ।
आन्तरिक राजस्व कार्यालय, जोरपाटीले आज एक कार्यक्रमको बीच संस्थाका प्रमुख कायकारी विकल्प पाठकलाई सम्मान पत्र हस्तान्तरण गरेको हो ।
आर्थिक वर्ष २०७९/८० मा संस्थाको सेयर पुँजी १७ करोड ८ लाख रहेको छ । त्यस्तै १ अर्ब ७७ करोड बचत संकलन, २ अर्ब ९ करोड ७५ लाख ऋण लगानी र १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले त्यस अवधिमा २ अर्ब ६६ करोड ५६ लाख कुल कारोबार गर्न सकेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड ४२ लाख र स्थिर सम्पत्ति २१ करोड ५३ लाख छ ।

सहकारी आर्थिक, सामाजिक एवम् सांस्कृतिक उद्देश्य परिपूर्ति गर्ने उद्देश्यका साथ वि.सं. २०६५ साल वैशाख २४ गते नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको हो । विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाहरुको सक्रियतामा नेचुरलको जन्म भएको हो ।
संस्थाले सहकारी अन्तर्राष्ट्रिय संघका सिद्धान्तलाई पालना गर्दै आफ्ना सदस्यहरुबाट बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने र शुलभ ब्याजदरमा सदस्यहरुलाई ऋण प्रवाह गर्ने गर्दछ ।
सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ ।संस्थाले मुख्य कार्यालयसहित ४ वटा सेवा केन्द्र तथा १०२ जना कर्मचारी तथा संस्थामा ११ हजार ६६८ सदस्य रहेका छन् ।





