अर्थ

नबिल बैंकले ११ प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंकले शेयरधनीकका लागि लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित हालको चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *