अर्थ

सुनको भाउ दुई सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ।सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ मा कारोबार भएको थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *