अर्थ

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाे एफपीओ बाँडफाँड भएको छ । संस्थाको एफपीओ आज बिहीबार धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हाे । लघुवित्तले गत असोज २५ गतेदेखि असोज ३० गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

यो एफपीओमा अन्तिम दिनसम्म १३ लाख २१ हजार ५३६ आवेदकबाट कुल १ करोड ४८ लाख ४८ हजार ६० कित्ता सेयर माग भएको थियो। सोमध्ये १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका छन् भने १ हजार २७६ आवेदन रद्द भएका छन्। कम्पनीकाे एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १२ हजार ३८१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। भने १३ लाख ७ हजार ८२२ जनाको हात खाली भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *