अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भइरहेकाे छ ।

सोमबार छापावाल सुन १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा करोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *