अर्थ

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । चालु साताको कारोबारको तेस्रो दिन बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। बुधबार प्रि–ओपन सेसनमा ०.३४ अंक घटेर १८६४.२७ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा बन्द भएको थियो ।

बुधबार प्रि-ओपन सेसनमा ८ स्टकको ६२ हजार ६६६ रुपैयाँ बराबरको १९० कित्ता सेयर किनबेच भएको छ । जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *