अर्थ

सेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब ६६ लाखको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.१८ अकंले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको छ । ३८ लाख ९ हजार ७४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६६ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १७३ कम्पनीको सेयरमूल्य बढेको छ भने ५७ कम्पनीको सेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज चार कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ४ करोड ६२ लाख ६९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको ४ करोड ३३ लाख ९० हजार रुपैयाँ, एनआइसी एशिया बैंकको २ करोड ९८ लाख १४ हजार रुपैयाँ, नबिल बैंकको २ करोड १७ लाख ६ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफको २ करोड १६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *