अर्थ

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौँ।प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । साताको दोस्रो कारोबार दिन आज सेसन अवधिमा ०.२६ अंक घटेर नेप्से १८५१.१७ अंकमा झर्‍याे।

सेसनमा ६५५ कित्ता सेयर किनबेच भयो । जसमा ५ कम्पनीको मूल्य बढ्यो भने ७ कम्पनीको मूल्य घट्दा बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

सेसन अवधिमा सेयर किनबेचबाट २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *