अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *