अर्थ

ग्लोबल आइएमई बैंकको टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ६० हजार पुरस्कार

काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । युवायुवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्धन गर्ने उद्धेष्यले सञ्चालित उक्त प्रतियोगितामा सहभागिता जनाउन दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा टिकटक बनाएर कम्पनीको टिकटक पेजमा प्रकाशित गर्नुपर्ने छ ।

प्रतियोगितामा विभिनन सर्त पुरा गरेका सहभागिमध्ये धेरै लाईक आउने तीन जना व्यक्तिलाई क्रमशः प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

उक्त प्रतियोगितामा सहभागि हुन आगामी कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्ने कम्पनीले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *