अर्थ

२० अंकले घट्यो नेप्से,कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । नेप्से गत मंगलबार देखि अठार सयको विन्दुबाट माथि उक्लन नसकेको हो ।

आज ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडको कारोबार भएको छ । नेप्से घटेसँगै १२ उपसूचकमा रातो पोतिएको छ । एकमात्र म्युचुअल फण्ड उपसूचक ०.१६ प्रतिशतले बढेको छ ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक १.५९, निर्जीवन बीमा उपसूचक १.५२, फाइनान्स उपसूचक १.४१, जीवन बीमा उपसूचक १.४०, तथा विकास बैंक उपसूचक १.२३ प्रतिशतले घटेको छ ।

आज सेयर बजारमा गिरावट आउँदा लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ ।आज कम्पनीको १६ करोड ३८ लाख ४८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख २३ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकको ४ करोड १९ लाख ५३ हजार रुपैयाँ, सिद्धार्थ बैकको ३ करोड ९० लाख ९५ हजार रुपैयाँ र शिवम् सिमेन्टको ३ करोड ७३ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

आज छ कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन भगवती हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेड, एनआईबएिल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्रि हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सानिमा सिटी होटल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन लक्ष्मी सनराइज बैंकको प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *