अर्थ

नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पौने २० लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । प्रुभ इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएको उक्त सेयरमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि कात्तिक २३ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय काठमाडौंमा खरिद आवेदन दिन सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *