अर्थ

नबिल फन्ड-२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ । नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज असोज २५ गते बिहीबार अन्तिम दिन हो ।

फन्डले लाभांश प्रयोजनको लागि असोज २६ गते एकदिन बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम इकाइ धनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउने छन् ।

यस फन्डले आर्थिक वर्ष २०७९-८० को नाफाबाट ९.६% नगद लाभांश (प्रतिफल) घोषणा गरेको छ । यस फन्डलाई नबिल बैंकले प्रवर्द्धन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *