काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिहान बाँडफाँड भएको छ । कम्पनीले असोज १४ गतेदेखि असोज १८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक एनआइबी एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा १० लाख ३२ हजार १ सय ३२ जनाले १० कित्ता सेयर पाएका छन् । यी आवेदकमध्ये ८ जनाले थप १(१ कित्ता अर्थात ११ कित्ता सेयर पाएका छन् । भने ८ हजार ६३८ को हात खाली भएको छ।
कम्पनीको आईपीओ नतिजा केही समयपछि प्रकाशन हुने छ । आईपीओ नतिजा बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट
https://www.nimbacecapital.com, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।




