काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधरणका लागि निष्काशन गरेकाे आईपीओ असोज २४ गते बुधबार बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएकाे छ । कम्पनीकाे आईपीओ बाँडफाँडकाे समय र स्थान भने टुंगो भइनसकेको क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ११ लाख १४ हजार ६९७ जनाले १ करोड ४७ लाख ७३ हजार ९०० कित्ता लागि आवेदन दिएका छन् । जुन माग भन्दा १.५१ गुणा बढी आवेदन हो । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेको कारण गाेलाप्रथाबाट बाँडफाँड हुनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ९ लाख ७३ हजार २५४ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । सोहि मध्येका ४ जनाले भने थप १ कित्ता गरि ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरेको थियो ।




