अर्थ

यी कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल एक्चेन्ज (नेप्से) आज ३५.६५ अंकले घटेर १९२१.२४ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ९.५९ प्रतिशतले बढेको हो । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ९.४० प्रतिशत, सयपत्रि हाइड्रोपावरको २.७८ प्रतिशत, बिओके डिबेञ्चर २०८६ को २.३० प्रतिशतले सेयर मूल्य बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *