काठमाडाैं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेकाे छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको शुक्रबार बसेकाे सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीकाे ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश गरी कुल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीकाे आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ।




