अर्थ

आज कालीमाटीमा काउलीदेखि मेवासम्मको मूल्य कति ?

काठमाडौं।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४५, मुडे आलु रातो ४४, सेतो आलु ४४, भारतीय सुकेको प्याज ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

बजारमा आज लोकल गाँजर प्रतिकेजी १००, मूला सेतो लोकल ३५, घिउ सिमी लोकल ६०, भन्टा लाम्चो २०, मकै बोडी ७०, भटमासकोशा ७०, तितो करेला ६०, लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ५०, घिराैँला ६० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी २५०, कन्य च्याउ ७०, कुरीलो ४५०, ब्रोकाउली २५०, भिन्डी ९०, तोरीको साग ६०, हरियो प्याज ८०, काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ ३००, अनार ३५०, अंगुर कालो ४००, तरबुजा ६०, मौसम १२०, लोकल नासपाती ९०, भारतीय मेवा १००, आभोकाडो २०० र अम्बा ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *