अर्थ

२५ लाखमाथिको व्यक्तिगत हायर पर्चेज र सवारीसाधन कर्जामा जोखिम भार घट्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा पनि जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अब २५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गर्दा हुने व्यवस्था गरको हो ।

राष्ट्र बैंकले यसअघिको २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था हटाएर नयाँ व्यवस्था ल्याएको हो । यता, चालु आर्थिक वर्षमो मौद्रिक नीतिमार्फत २५ लाख रुपैयाँसम्मको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा भने शतप्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *