अर्थ

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं। साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.०४ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ९२ विन्दुमा बन्द भएको छ । आज एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आउँदा आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४ करोड ४३ लाख ३१ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड १८ लाख २८ हजार रुपैयाँ,सोल्टी होटलको ३ करोड ९ लाख ४१ हजार रुपैयाँ, सन लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख ३० हजार रुपैयाँ र हिमालयन उर्जा विकास कम्पनीको ३ करोड २ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *