अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले घटेको छ । यससँगै सूचक १९६७.५७ अंकमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३ सय ७५ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १९ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *