अर्थ

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

काठमाडौं।सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले एकैदिन सुन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *