अर्थ

कति पुग्यो सुनको मूल्य ?

काठमाडौं।नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय पुगेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

त्यसैगरी तेजाबी सुनको मूल्य सोमबार एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले सोमबार चाँदीको मूल्य एक हजार ३ सय चालिस पुगेको जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो । आइतबारकाे तुलनामा चाँदी प्रतितोला एक सय रुपैयाँले बढेकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *