अर्थ

सन नेपाल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पाँचौं कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाले स्टक एक्चेन्च (नेप्से) आज १८.६० अंकले घटेर २००४.३० बिन्दुमा बन्द भएकाे छ ।

आज सेयर बजार घट्दा सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ७ करोड ६१ लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड १९ लाख ३० हजार रुपैयाँ, रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाख २२ हजार रुपैयाँ, शिवम् सिमेन्टको ५ करोड ७९ लाख ६८ हजार रुपैयाँ र नागरिक लगानी कोषको ५ करोड ६२ लाख ९९ हजार रुपैयाँको कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *