अर्थ

माछापुच्छ्रे बैंकको ६२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे ।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्।

साथै, ताेकिएकाे समय अवधिभित्र बिक्रीमा राखिएकाे उक्त सेयरमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *