अर्थ

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचिकृत , कति छ ओपनिङ रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो । नेप्सेमा कम्पनीकाे ५० लाख ९८ हजार ४० कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि ९७ रूपैयाँ ८७ पैसादेखि अधिकतम २९३ रुपैंया ६१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘युएलएचसी’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली सामेबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *