अर्थ

एनआईसी एशिया बैंकले बोलायो असोज २८ मा साधारण सभा

काठमाडौं । एनआईसी एसिया बैंकले २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकले २९ प्रतिशत बोनस शेयरसहितको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेसँगै एनआईसी एसिया बैंकले वार्षिक साधारणसभा आह्वान गरेको हो । बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले वार्षिक साधारणसभा असोज २८ गते गर्ने निर्णय गरेको छ । सभा काठमाण्डौको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभाले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *