अर्थ

कारोबारको पहिलो दिनमै सन नेपाल लाइफको ४ लाख कित्ता सेयर किनबेच

काठमाडौं । साताको अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार उच्च अकंले बढेको छ । बजार उच्च अकंले बढ्दा कारोबार रकम समेत बढेको छ ।

सेयर बजार बढेपनि कारोबारमा आएको पहिलो दिनमै सन नेपाल लाइफको सेयर मूल्य घटेको छ । आज कम्पनीको सेयर मूल्य ५ रुपैयाँ २० पैसाले घटेर प्रतिकित्ता ४७० रुपैयाँ पुगेको छ । आज इन्स्योरेन्सको २० करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको ४ लाख ३१ हजार ८५० कित्ता सेयर खरिदबिक्री भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *