अर्थ

सर्वसाधारणका लागि एनआईसी एसिया बैंकको सेयर बिक्रीमा

काठमाडाैं । एनआईसी एसिया बैंकको आज असोज ४ गते बिहीबारबाट केही सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखेकाे हाे।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि असोज १० गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको काठमाडाैं लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *