बैंक/ शेयर

सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्न पायो अनुमति

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ। सिटिजन्स बैंकलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त रकम बराबरको ‘सिटिजन्स बैंक बन्ड–२०८०’ ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *