अर्थ

तीजको दिन बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

सुनको मूल्य हिजो तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ ।

यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । ५ रुपैयाँले बढेपछि हिजो आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *