अर्थ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २५ पैसा र बिक्री दर १६६ रुपैयाँ ०० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *