अर्थ

रिलायबल लाइफको आईपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीकाे कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।

कम्पनीको पहिलो कारोबारका लागि १६२ रूपैयाँ २९ पैसादेखि अधिकतम ४८६ रुपैंया ८७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । रिलायबल नेपाल लाइफले नेप्सेबाट ‘आरएनएलआई’ कारोबार संकेत पाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *