समाचार

तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ

काठमाडौं।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलुको मूल्य ५६ रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । आज स्थानीय काउलीको मूल्य भने प्रतिकेजी ९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ रहेको छ । डल्ले च्याउको मूल्य ३०० रुपैयाँमा बिक्री भएको छ । गाजरको मूल्य भने प्रतिकेजी १३० रुपैयाँमा बिक्री भइरहेको छ । घिउ सिमी लोकल ५०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, भटमासकोशा ११० रुपैयाँ तोकिएको छ । तितो करेला ९०, लौका ३०, परवल ४०, घिरौँला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ८०, स्कूस २५, प्याज हरियो १५०, रायो साग ९०, कुरीलो ४५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फुजी स्याउको मूल्य प्रतिकेजी ३२० नै कायम छ । कागती १९०, अनार प्रतिकेजी ३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै, तरबुजा हरियो ६०, मौसम १५०, कालो अंगुर ४५० र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *