अर्थ

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो ।

त्यस्तै, यसअघि तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ ।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *