अर्थ

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौ । सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ ।

आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *