अर्थ

बढ्याे सेयर बजार, कारोबार कति ?

काठमाडौ । सेयर बजार सोमबार पनि सुस्त देखिएको छ ।

नेप्से सूचक २ हजार विन्दुमुनि छ । यसदिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ । बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । लगानीकर्ताको सक्रिय सहभागिता नहुँदा कारोबार रकम कम भएको छ ।

लाभांशको सिजनमा लगानीकर्ता निष्कृय बस्दा बजार १९ सयको तहमा झरेको हो । यस दिन २७९ कम्पनीको ३६ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा आएको छ । यसको ७ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *