काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को पहिलो महिनाको रिपोर्टअनुसार एक खर्ब २९ अर्बको वस्तु आयात गर्दा १३ अर्ब ५१ करोडको वस्तुमात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३१ अर्बको आयात गरिएको थियो भने १४ अर्ब ८० करोडको निर्यात भएको थियो । चालु आर्थिक वर्षमा निर्यात ८ दशमलब ६५ प्रतिशत र आयात १ दशमलब ५६ प्रतिशतले घटेको छ । आर्थिक वर्षको पहिलो महिनामै १ सय ९ देशबाट ९७ प्रकारका वस्तु आयात भएका छन् ।




