काठमाडौ ।साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से सूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा आएको छ । १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि विशेषगरी बजारमा ब्याजदर वृद्धिको हल्ला बेस्सरी चलेको थियो । सबै बैंकले बढाउन सक्ने अनुमान पनि भइरहेको थियो । तर ब्याजदर बढाउनेमात्र होइन, घटाउने बैंकहरु पनि भए । एक दर्जन बैंकले ब्याजदर बढाए पनि विशेषगरी ठूला र सबल बैंकहरुले भने ब्याजदर घटाए । केहीले स्थिर पनि राखे ।
यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् ।
आज सेयर बजारमा सुधार आउँदा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १३ करोड ६७ लाख ३६ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, आइएई लाइफ इन्स्योरेन्सको ७ करोड ७२ लाख ४७ हजार रुपैयाँ,घोराही सिमेन्ट इन्डस्ट्रीको ५ करोड ११ लाख ४८ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको ४ करोड ३७ लाख ५९ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ३ करोड २१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।





