काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले साउन २३ देखि साउन २६ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ साउन ३१ गते बुधबार साँझ बाँडफाँड भएकाे बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएकाे छ ।
क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो । जसमध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र योग्य भएको छ । भने ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढीको आवेदन परेका कारण कमपनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएकाे थियाे । गोलाप्रथाबाट बाँडफाँड गर्दा ९ लाख ६० हजार जनाले शेयर १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशन हुनेछ । आईपीओ नतिजा क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ




