काठमाडौं। कारोबारको चौथो दिन आज शेयर बजार दोहोरो गिरावट आएको छ । आज बुधबार २० दशमलव ३१ अंकको गिरावट आएको छ । आज २० अंकले घटेको शेयर बजार २०२५ दशमलव १२ विन्दुमा पुगेको छ ।
आज २६९ कम्पनीका ४८ लाख ३८ हजार १०६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ५४ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३८६ दशमलव ३० विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ८ करोड ३९ लाख ९२ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोड १ लाख ५७ हजार रुपैयाँ,आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९५ लाख १२ हजार रुपैयाँ, सोल्टी होटलको ५ करोड ९२ लाख २७ हजार रुपैयाँ र घोराही सिमेन्ट इन्डस्ट्रीको ४ करोड ९० लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।





